Wednesday, July 30, 2014

Janminu Kunai Thulo Kura Hoina-The Shadows Band

**Janminu Kunai Thulo Kura Hoina-The Shadows Band**

जन्मिनु कुनै ठुलो कुरा होईन म पनि जन्मे
नौ महिना राखी मलाई
मेरो आमाले आफ्नो न्यानो कोखमा
यसरी म हुर्किदै गए
आफ्नो बाबाको हात समाइ
यसरी म हुर्किदै गए
आफ्नो भन्नेहरुको माया सँगै

जीवनलाई बुझ्न खोज्दा
समयलाई खोजी धेरै धेरै बुझे
सबै कहाँ आफ्नो थियो,
हेला गर्नेहरु धरै पाए मैले


यसरी म गाँउदै हिडे
खुट्टा तान्नेहरुको माझमा
यसरी म गाँउदै छु
मलाई आफ्नो भन्ने तिम्रो अगाडि

बाँच्न चाहन्छु म मेरो हालमा
कसै प्रती आस्था राख्दिन
सम्झौता होईन जीवन मेरो
सत्य खोज्छु म झुठो होईन

Jesus म सँग छ मलाई के को पिर
म खोज्छु मेरो संसार यही कही लुकेको छ
जहाँ गए पनि स्वर्ग नर्क हेर्नु छ मलाई यहाँ
बिश्वास छ मलाई मरे पछी पाइदैन यो जिन्दगी

थाहा छ मलाई कसैको लागि
पाइदैन यहाँ कोही पनि
ठिकै छ जस्तो युगमा जन्मी
खुशी त म पनि यसरी जीउन खोज्दै छु

Jesus म सँग छ मलाई के को पिर
म खोज्छु मेरो संसार यही कही लुकेको छ
उज्यालो होईन अध्यारो मन पर्छ मलाई
भूत होईन यो ठाँउको मान्छेहरु सँग डर लाग्छ
डर लाग्छ

जन्मिनु कुनै ठुलो कुरा होईन म पनि जन्मे
नौ महिना राखी मलाई
मेरो आमाले आफ्नो न्यानो कोखमा

No comments:

Post a Comment